काठमाडौं । दशैँतिहारका लागि घर जाने यात्रुकाहरुका असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।
व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै पनि यातायात व्यवस्था विभागका महानिदेशक उद्धव प्रसाद रिजालका अनुसार पुरानै भाडा कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
वर्षाका कारण बिग्रेका सडकको मर्मत भने तत्काल गरिने सहमति भएको छ ।
हरेक वर्ष दशैं, तिहार र छव पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
























