काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङतर्फ गएका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आजै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले बताएका छन् ।