काठमाडौँ । बिहीबार शेयर बजार नेप्से परिसूचक ११.०४ अंक घटेर १०५६.९२ विन्दुमा झरेको छ ।
त्यसैगरी सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा २८० स्टकको ५० हजार ६९ पटकको कारोबारमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको ३५ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.९४ प्रतिशत घटेको छ। त्यस्तै, मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्तको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ ।
म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

























