काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ओभरसुट गरेको कतार एयरवेजको जहाज एक राउण्ड लगाएर अवतरण भएको छ ।
रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका थिए ।
उडान नं. ६८४ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो ।
धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाजले एक राउन्ड लगाएर पुनः अवतरण गरेको विमानस्थलले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्।