काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माणाधीन संघीय संसद भवनका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ।
सोमबार निर्माणधिन संघीय संसद भवनको अवलोकनपछि समितिले शहरी बिकास मन्त्रालय, परामर्शदाता र निर्माण कम्पनीसंग प्रगति विवरणसहित छलफल गर्ने निर्णय गरेको हो ।
पटक-पटक म्याद थप गर्दा पनि संघीय संसद भवनको निर्माणमा ढिलाई भइरहेको समितिको ठहर छ ।
अनुगमनका क्रममा समिति सदस्यहरूले कामदारहरूसँग निर्माणका लागि भएको समस्याका बारेमा जानकारी लिएको थियो। सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६ मा सम्झौता भए पनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । दुईपटक म्याद थप गर्दा पनि कामको गति बढेको नदेखिएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरिएको समिति सभापति दिपक सिंहले जानकारी दिए ।