काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य साविककै कायम गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
आइतबार आकस्मिक मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वनजिक गर्ने क्रममा सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्री दाहालले पुरानै मूल्यमा कारोबार गर्न निर्देशन दिइसकेको जानकारी दिएकी हुन्।
मूल्य समायोजन प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य तोकिदै आएपनि चाडर्पवको अवसमार मूल्य वृद्धि भएकाले पहिलेकै मूल्यमा कारोबार गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाइ छ।
शनिबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २, डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो ।
यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको छ ।