काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका दाहाल बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने छन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि हुनेछन् ।
बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहाल त्यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेको दाहाल आउने शनिबार स्वदेश फर्किने छन् ।