काठमाडौं । चीनको हाङजाओमा भइरहेको १९ औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले तीन विश्व कीर्तिमान बनाएको छ । मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमान बनाएको हो।
मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो ।
मंगोलियाले नेपालविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको हो । मंगोलियाविरुद्ध विष्फोटक प्रर्दशन गरेका नेपालका युवा ब्याटर कुशल मल्लले विश्व कीर्तिमानी प्रर्दशन गरेका छन् । उनले ३४ बलमा शतक पूरा गरेर दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।
यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो । भारतिय टोलीका कप्तान रोहित रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए ।
त्यस्तै आक्रामक अलराउण्डर दिपेन्द्रसिंह ऐरिले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका छन् ।
मंगोलियाविरुद्ध नेपाली टोलीले थुप्रै विश्व कीर्तिमान कायम गर्ने क्रममा दिपेन्द्रले १९ औं ओभरमा लगातार पाँच छक्का हानेका थिए। योसँगै दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका छन् ।
दिपेन्द्रको यो विश्व कीर्तिमान तोड्न अन्य ब्याटरलाई मुस्किल पर्नेछ । ऐरि मंगोलियाविरुद्ध १० बलमा ८ चौका हान्दै ५२ रनमा नटआउट रहे ।
यसअघि नेपाल कै युवा ब्याटर कुशल मल्ल र रोहित पौडेलले १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका थिए ।
नेपालविरुद्धको खेलबाट कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियासामु नेपालले ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले टी आई मा इतिहास कै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार पारेका थिए ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको विशाल योगफल तयार पारेको थियो ।
त्यस्तै मंगोलियाविरुद्ध कीर्तिमानी प्रर्दशन गर्ने क्रममा तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेका छन् । कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो ।
५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे। रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिएका छन् ।