काठमाडौँ । भन्सार कटेर सिनामङ्गल पुगेको अवस्थामा बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणको थुनचेक बहस आजबाट सुरु हुँदैछ ।
सुन तस्करीमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले थुनछेक बहस सुरु हुन लागेको हो ।