काठमाडौं । राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहेको छ ।
सरकारसँग शुक्रबार साँझ गरेको सहमति प्रति असन्तुष्ट राहतका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहेको हो ।
शुक्रबार सरकारसँग नेपाल शिक्षक महासंघलगायतले गरेको सहमति प्रति राहातका शिक्षकहरुले भने असहमति प्रकट गरेका छन ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धरासायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत हकहित विपरित रहेको भन्दै विद्यालय बन्द गरि बृहत प्रदर्शन गरेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारीको नेतृत्वमा, राहत शिक्षक समिति महासचिव कुमार बजगाई,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन बन्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की, महासचिव टीका बहादुर खड्का लगायतले विरोध प्रदर्शन गरेका छन् ।
राहत शिक्षकलाई स्थायित्व गर्नुपर्ने, पेन्सन बन्चित शिक्षकहरुलाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षकलाई स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षक– शिक्षिकालाई पेन्सनको व्यवस्था गर्नुपर्ने लागाएतका मागहरु राखि विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरदेखि वानेश्वरसम्म –यालीसहित बिरोध प्रदर्शन गरेका छन् ।