काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि ६ दिनदेखि निरन्तर उभिएर सामाजिक अभियन्ता ईः ले मेयर बालेन्द्र शाहको कामप्रति विरोध जनाइरहेका छन् । मेयर शाहले चुनावका बेला गरेको वाचाअनुरूप फुटपाथ व्यवासायीको उचित व्यवस्थापन गरिनुपर्नेलगायत माग राखेर केही युवा साथीसहित ईः गत मंगलबारदेखि काठमाडौं महानगरपालिका अगाडि उभिइरहेका छन् ।
सामाजिक अभियन्ता ईःको मौन आन्दोलनप्रति नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले ऐक्यबद्धता जनाएका छन् । कांग्रेस महामन्त्री थापाले शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई महानगरपालिकाले महत्त्वका साथ सुन्नुपर्ने बताएका छन् । सहरको आवागमनलाई असर नपर्ने गरी फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको बताउँदै थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्त्वका साथ सुन्नुपर्छ, ईः लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ुक्तचभभत ख्भलमयचकु को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन् । सँगै बसेर कुरा गरेपछि एकअर्काको मत–दृष्टिकोण सुनेपछि बुझेपछि एउटा उपाय निस्कन्छ नै ।त्यसकारण मेरो आग्रह छ– निर्वाचित सरकारसँग जवाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगरबीच शीघ्र संवादको वातावरण बनोस् ।’
सुरु ७७ घण्टा उभिने भनेका ईःले आफ्नो मागप्रति मेयर शाहले वास्ता नगरेपछि विरोध कार्यक्रमलाई १२३ घण्टा लम्ब्याएका छन् ।