काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन् । प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।
कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत प्राप्त गरेका छन् । पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत प्राप्त गरेका छन् ।
अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस प्राविधिक रूपमा विजयी भएका हुन् । तर, मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यसअघि नै क्यानको अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहोरिएका छन् ।
भावी अध्यक्षको कार्यकालका लागि उनले मात्रै मनोनयन दर्ता गरेपछि सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।