काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकसँग वार्ता सुरु गरेको छ ।
अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बिहान ११ बजेदेखि मन्त्रालयमा वार्ता भएको हो ।
हेटौंडामा सहकर्मी कुटिएको विरोधमा चिकित्सकहरूले आजदेखि देशभर आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्न मन्त्रीस्तरको शुक्रबारको निर्णयले वार्ता टोली गठन गरिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव डा।विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य वार्ता टोली गठन गरेको थियो ।
चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि बिरामीहरू उपचार सेवा पाउनबाट वञ्चित भएका हुन । विरामीहरुको निजी अस्पतालमा चाप बढेको छ ।





















