काठमाडौँ । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन्।
बाढीले करिब ५ हजार घरमा क्षति पुर्यएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ।
बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भएकाे पुष्टि भएकाे छ। बाढीमा करिब २० हजार मानिसकाे मृत्यु भएकाे हुनसक्ने अनुमान गरिएकाे छ।
आधिकारिक सरकारी तथ्यांक अनुसार १० हजार मानिस बेपत्ता भएको बताइएको छ। (एजेन्सी)