काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले आज सो विषयमा जानकारी दिन संसदलाई सम्बोधन गर्न लागेको बताइएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने लगायतका कार्यसूची रहेको छ ।