काठमाडौँ । पाल्पाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताइएका छन् ।
घाइतेहरुको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । चालकले ब्रेक फेल भएपछि बस पल्टिएको बताएका छन् । बस पल्टिदा दुईवटा मोटरसाइकलका र दुईवटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।