काठमाडौं । सेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो ।
सेन्सेटिभ इण्डेक्स ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ।
आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो ।
मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो । सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।
सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो। सो दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो।
साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो। यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र इभरेष्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।
१३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। आज हाइड्रोपावर उपसमूहको उपसूचक सर्वाधिक ३ प्रतिशतले बढ्यो ।

























