दाङ । लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि अन्त्य हुनेगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि चालु अधिवेशन अन्त्य भएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दीयाका स्थानमा राहात उपलब्ध गराउने,गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
यसैगरी प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ।