काठमाडौँ । प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार सुन बुझ्न गएका व्यक्ति भाग्न सफल भएपनि बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छुन् । तर उनको विवरण खुलाइएको छैन । भागेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























