काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
नेम्वाङको निधनको खबर सुन्नासाथ टिचिङ अस्पताल पुगेका ओलीले नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्र नभई हितैषी मित्र र सुख दुःखको साथी भएको बताएका छन् । लोकतान्त्रिक संविधान निर्माण गर्न उनले पुर्याएको योगदान सधैं सम्झिरहने वताएका छन् ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन् – “मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !”