काठमाडौँ । हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भोलि मात्रै गरिने भएको छ । उनका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने बताइएको छ ।
दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने बताइएको छ ।
दुवै छोराहरू आइपुगेपछि अन्तिम संस्कार गरिने बताइएको छ । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ । नेम्वाङको पार्थिव शरीर आज दिनभरि पार्टी कार्यालयमा राखिने भएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।
नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको हो ।