काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार नेप्से परिसूचक १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा पुगेको छ ।
त्यसैगरी सेन्सेटिभ इण्डेक्स २.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ ।
२७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, शुभम् पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयर करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८१ प्रतिशत घटेको छ । गत साता कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।

























