काठमाडौं । सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन जना कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी, नायव सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
६१ किलो सुन तस्करी प्रकरणमा संलग्नता देखएपछि व्युरोको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको प्रवक्ता कडायतले बताए। उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको व्युरोले जनाएको छ ।



















