राजविराज । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ९ख०बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो ।
अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको जानकारी दिए । आदेशलगत्तै उनलाई थुनामा लगिएको छ ।
१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । अभियोगमा प्रदेश सप्तरी क्षेत्र ४ ख बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव अदालतबाट दोषी ठहर भए पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।
प्रदेश सभा सदस्य यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट विस २०६४ असार ९ गते सप्तरी खोक्सर प्रवाह –१ का ३२ वर्षीय माओवादी नेता दीपु भनिने गोविन्द चौधरीलाई नियन्त्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।























