काठमाडौं । एसिया कपमा नेपालले भारतविरुद्ध दुई सय रन पूरा गरेको छ। ४३.३ ओभरमा नेपालले दुई सय रन कटाएको हो ।
दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५० रनको साझेदारी गरेपछि नेपालले दुई रन बनाउन सकेको हो। यद्यपि दीपेन्द्र २९ रन बनाएर आउट भएका छन् ।
सोमपाल २७ रन र सन्दीप लामिछाने ३ रन बनाएर क्रिजमा खेलिरहेका छन्। यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए ।