काठमाडौं । सेयर साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा अडिएको छ ।
२७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७.१६ रुपैयाँमा खरिदबिक्री भयो । आज ३२ हजार ५३३ पटक सेयर कारोबार भयो।
आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा पुगेको थियो। सो दिन २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज तीनवटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० प्रतिशतल,दोल्ती पावर कम्पनीको ९.९९ र ग्रीन भेन्चर्सको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो।
कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने एकको मात्रै घट्यो । फाइनान्स इन्डेक्सबाहेक अन्य उपसमूहको सूचक बढेको हो ।

























