काठमाडौं । पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज बिहान करिब ७ः४५ बजेतिर भएको घटनामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको बताइएको छ ।



















