काठमाडौं । मूल्यवृद्धिविरूद्ध राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।
एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूमा भइरहेको अश्वभाविक मूल्यवृद्धि विरूद्ध राष्ट्रिय युवा संघ नेपालले आज बानेस्वरमा मसाल जुलुस सहितविरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रिय युवा संघ नेपालको कार्यलयदेखि मसाल बाल्दै मुख्य सडकमा प्रवेश गरेर सडक एकछिन अवरोध समेत गरेका थिए ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपालले आज ७७ वटै जिल्लामा एक साथ विरोध प्रदर्शन गरेको छ ।


























