काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।
मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन बनाइन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो । बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिइन् । पूजा महतो, रुबिना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट लिइन् ।
नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।