काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलन गर्ने भएको छ ।
शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीविरुद्ध संयुक्त गोष्ठी र मार्चपासलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने जानकारी स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले दिएका छन् ।
लप्सिफेँदीको कार्यक्रमको नेतृत्व उमा भुजेल र नुवाकोटको कार्यक्रमको नेतृत्व शर्माले गर्ने बताइएको छ ।
त्यस्तै असोज १ गतेदेखि १५ गतेसम्म गरिने मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने बताइएको छ ।
पहिलो चरणका कार्यक्रम सम्पन्न भएपछि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्थायी कमिटी सदस्य बिरहीले जानकारी दिएका छन् ।