काठमाडौं । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकोछ ।
भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको बताइएको छ ।
























