काठमाडौं । एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ । नेपालले यो कपमा भारतसँग पनि खेल्ने छ ।
पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन् । पाकिस्तानभन्दा अनुभवमा पछाडि रहे पनि खेलाडीहरूमा क्षमता रहेको पौडेलले बताएका छन् । पाकिस्तानका कप्तान बाबर आजमले पनि कुनै पनि टोलीलाई कमजोर आँक्न नहुने बताएका छन् ।
नेपाली टोली :
रोहित पौडेल, आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरि, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।
पाकिस्तानी टोली :
बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), अब्दुल्लाह शफिक, सलमान अली अघा, फहिम अशरफ, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट किपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, साउद सकिल, शाहिन शाह अफ्रिदी, उस्मा मिर।