हेटौँडा । मकवानपुरका सांसदसहितको टोलीले मुआव्जा दिएर मात्रै हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।
मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले सडक विस्तार गर्ने सरकारको योजनालाई कसैले बाधा, अबरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने अवस्था भएकाले मुआब्जा दिएर मात्र भत्काउन माग गरेको हो ।
हेटौंडाको रातोमाटेदेखि रापतीपुल सम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने उनीहरुले माग छ ।
संघीय संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार सांसदहरू महेश कुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाल लगायतको टोलीले आज विहान प्रधानमन्त्रीलाई भेट गरेको थियो ।
























