काठमाडौँ । ढुुसी परेको कोक बेच्ने बिक्रेतालाई डेढ लाख जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाले पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई डेढ लाख जरिवाना गराएको हो ।
शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटिए पछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको महानगरको पत्रमा उल्लेख छ ।
७ दिनभित्र जरिवाना तिर्न समय दिएको छ । सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने चेतावनी महानगरले दिएको छ ।
‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको महानगरको पत्रमा भनिएको छ ।























