काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सिंहदरबारस्थित दलको कार्यालयमा साँझ ५ बजे बस्ने वैठकका लागि तीन एजेन्डा तय गरिएको छ ।
संसदको विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्ताव र आगामी संसदीय गतिविधिबारे छलफल हुने परियारले बताएका छन् ।
बैठकमा दलको नेता रवि लामिछानेले समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ गर्ने बताइएको छ ।
यही भदौ ११ गते संसद्का विषयगत समितिका सभापति चयनका लागि निर्वाचन हुँदैछ।