काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ ।
घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको हो ।
म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उपचार संभव नभएका घाइतेलाई काठमाडौं रिफर गरिएको छ ।




















