काठमाडौँ । साउन ३ गते वरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट बिहीबार राति दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिएका छन् । प्रहरीले उनीहरुको नाम भने खुलाइसकेको छैन।
अघिल्लो बिहीबार प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
सुन बरामद भएपछि राजस्व विभागले १७ दिन यसको अनुसन्धान गरेर थप अनुसन्धानका लागि सीआईवीलाई बुझाएको थियो। राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो ।























