काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वर्तमान अर्थतन्त्रको अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले विशेष कार्यक्रम आयोजना गरेर अर्थतन्त्रबारे आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रबारे छलफल कार्यक्रम गर्नेछ ।
सो छलफलमा पार्टी अध्यक्ष, एमालेका पूर्वअर्थमन्त्री, अर्थविद्हरुले अर्थतन्त्रको अवस्थाबारे जानाकारी गराउने तथा समस्याहरु औँल्याउने बताइएको छ ।




















