काठमाडौँ । आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका तीन स्टकमध्ये दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, घोराही सिमेन्ट्को २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।
























