काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गर्दै होहल्ला गरेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर बिरोध जनाएको घटना संसदमा पहिलो पटक देखेको बताए । उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यता विपरित भएको जिकिर गरे ।
सांसद पन्तले सिआईबी र राजश्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो ? भन्दै प्रश्न गरे ।




















