काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद चल्न दिन सहमत भएको छ । गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने भएपछि एमालेले संसद्को अवरोध खुलाउन तयार भएको हो ।
क्विन्टल सुन तस्करीको छानविन गर्न उच्चस्तरीय संसदीय समिति गठनको माग गर्दै दुई सातादेखि संसद अवरुद्ध गर्दै आएको एमाले
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि सहमत भएको हो ।
बैठकमा दलका अन्य नेताहरुले पनि सुन तस्करी प्रकरणबारेमा बोल्ने भएका छन् । एमालेका सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि थप निर्णय लिने बताएका छन् । यदि गृहमन्त्रीको जवाफमा चित्त नबुझेमा फेरि संसदमा अवरोध रहने उनले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।



















