काठमाडौँ । चित्लाङबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको छ भने एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका व्यक्तिको उद्धार गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
गाडीमा चालकसहित ५ जना सवार थिए ।


















