काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । निजी क्षेत्रमा जाने कर्जा ११।५ प्रतिशतले बढाइने, ठूला कर्जामा अनुगमन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
(हेर्नुहोस् पूर्णपाठ)

























