काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको सुरु भएको आज चौथो दिन । आज पनि केन्द्रीय सदस्यहरुले आआफ्ना धारणा राखिरहेका छन् ।
आजको वैठकमा बोल्दै केन्द्रीय सदस्य शंकर भण्डारीले संविधानमा केही त्रुटि रहेकाले आफूहरुले संविधान दिवस मान्न नसक्ने बताएका छन् । उनले संविधान जारी हुँदा असन्तुष्टि हुँदाहुँदै पनि संशोधन गर्दै जाने सर्तमा सहमति जारी भएको स्मरण गर्दै कांग्रेसले संशोधनका लागि पहल गर्नेपर्ने बताएका छन् ।
धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्न ढिला गर्न नहुने भण्डारीले बताएका छन् । संघीयता देशले धान्न नसक्ने अवस्था आइसकेको र नेपालको परम्परा, मौलिकता र धर्मसंस्कृतिको मासिने खतरा भएकाले संघीया र धर्मनिरपेक्षताको विकल्प खोज्नुपर्ने स्पष्ट पारेका छन् ।
एक वर्षपछि राखिएको केन्द्रीय समिति बैठकमा कांग्रेस नेताबीच गरमागरम बहस भइरहेको छ । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।