काठमाडौं । नेपाल विद्युत प्राधिकरणको भोलि साउन ६ गते राजधानीका विभिन्न ठाउँमा ८ घण्टा विजुली आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म बन्द हुने जानकारी दिएको छ ।
प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेको जनाएको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर १ प्यानल तथा दुई वटा मध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरुमा विद्युत सेवा प्रभावित हुने जनाएको छ ।
कहाँकहाँ आपूर्ति बन्द हुदैछ हेरौं प्राधिकरणको सूचना –