काठमाडौं । बुधबार विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा आफ्नो नाम जोडेकोप्रति व्यवसायी दीपक मल्होत्राले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही मिडिया र व्यक्तिले आफ्नो नाम जोडेर समाचार र स्टाटर्स प्रकाशित गरेर चरित्रहत्या गरेको भन्दै उनले आपत्ति जनाएका छन् । मल्होत्राले आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिँदै चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन् । उनले सो बारेमा आज पत्रकार सम्मेलन गर्ने पनि बताएका छन् ।
यस्तो भ्रम छर्ने गरी सम्प्रेषण भएका कपोकल्पित समाचारप्रति विश्वास नगर्न उनले आग्रह पनि गरेका छन् ।
























