काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

























