काठमाडौं । सोमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो ।
यससँगै, सोमबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























