काठमाडौँ । आज सबै प्रदेशमा पानी पर्ने र केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ ।
गण्डकी, कोशी र कर्णाली प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक÷दुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
राति मधेश प्रदेशका एक/दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।


















