काठमाडौं । नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक तोक्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले प्रत्येक दुई–दुई वर्षमा श्रमिकहरूको न्यूनतम ज्यादा अभिवृद्ध गर्नेुपर्ने प्रावधान भए पनि हालसम्म तोक्न नसकेको बताए ।
‘श्रमिकहरूको भोलि साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्यूनतम ज्याला अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगार र श्रमिकहरूको प्रतिनिधिहरूको बीचमा संवाद गरेर त्यो टुंगोमा पुर्याउनुपर्ने हो,’ उनले भने, ‘तर त्यो हुन सकेको छैन।
सांसद शर्माले सहकारी पीडितहरू आन्दोलित रहेको बताउँदै केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित बनेको बताए । आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न समेत उनले आग्रह गरे
सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौंको बानेश्वरमा पुगेर सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी,फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै प्रदर्शन गरेका थिए ।

























